यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय
बिहीबार, ०९ असोज २०७६, १७ : १२
काठमाडौं– सरकारले नेपाल ट्रष्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ। मन्त्रिपरिषदको असोज ७ गते बसेको बैठकले सोसहित विभिन्न १४ जना निर्णय गरेको बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
बैठकले एसिड आक्रमणबाट घाइते भएकी जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवम् जीवनयापन गर्न जनही तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
यस्तै नेपाल र अस्ट्रेलिया सरकारबीच हजाई सेवा सम्झौता प्रारम्भिक हस्ताक्षर गर्ने, मोरङ जिल्ला प्रशासनबाट शम्भुप्रसाद मण्डलको नामबाट जारी भएको नेपाली नागरिकता रद्द गर्नेलगायतको निर्णय पनि बैठकले गरेको छ।
निर्णयहरु हेर्नुहोस्ः