आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधी थप

बिहीबार, ०९ असोज २०७६, १८ : २२
बिहीबार, ०९ असोज २०७६

काठमाडौं– नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप भएको छ । सेनाका युद्धकार्य महानिर्देशक समेत रहेका शर्माको पदावधि १ वर्ष २ महिना १५ दिनका लागी थप भएको हो । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाली सेनाका उपरथी शर्माको पदावधी थप भएको जानकारी दिए। शर्माको उपरथीमा पदावधी थपसँगै सेनाको भावी प्रधानसेनापति बन्ने बाटो समेत खुला भएको छ। उनको उपरथीको तिन वर्षे नियमित पदावधी आगामी कार्तिकमा सकिदैछ ।

सैनिक मुख्यालयको सिफारिसमा उनको पदावधि थपको फाइल मन्त्रिपरिषदमा निर्णयका लागी पुगेको थियो । उपरथी शर्मा हालका बलाध्यक्षरथी गौरव तण्डुलले रथीबाट आगामी वैशाख १९ मा अवकास पाएसँगै रथीमा बढुवा हुनेछन् । सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले नेशनल डिफेन्स कोर्स (एनडिसी) भारतबाट गरेका हुन्।


वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसँगै शर्मा प्रधानसेनापति बन्नेछन् । उपरथीमा पदावधी थप गरेपछि शर्माको हकमा रथीमा पदावधी थप गर्नुपर्ने अवस्था रहने छैन् ।  शर्मा रथी बनेपछि उनको रथीको दुई वर्षे पदावधी २०७८ पुषसम्म कायम रहनेछ ।  सेनापति थापाले समेत आफ्नो उत्तराधिकारीका रुपमा शर्मालाई नै अघि सारेको चर्चा सेनाभित्र रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप