आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसी मिलानलाई कमजोर टोली टोरिनोको नमिठो झट्का

शुक्रबार, १० असोज २०७६, ०९ : ३६
शुक्रबार, १० असोज २०७६

इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानलाई तुलनात्मक रुपमा कमजोर टोली टोरिनोको नमिठो झट्का लागेको छ । टोरिनोको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा मिलान टोरिनोसँग २–१ गोलले पराजित भयो ।

मिलानको यो जारी लिगमा लगातार दोस्रो हार हो । समग्रता तीन हार खेपिसकेको मिलान तालिकामा कमजोर बन्दै गएको छ । अघिल्लो खेलमा मिलान इन्टरसँग २–० र उडिनेसीसँग १–० गोलले पराजित भएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता मिलानले लिएको थियो । मिलानका लागि १९औं मिनेटमा क्रिजिस्टफ पियाटेले पेनाल्टीमार्फत गोल गरेका थिए । टोरिनोका लोरेन्जो डि सिल्भेस्ट्रीले फलगरेपछि मिलानले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा सानदार प्रदर्शन गरेको टोरिनोका लागि ७२औं मिनेटमा आन्द्रेय बेलोटीले बराबरी गोल फर्काए ।

आन्द्रेयले ७६औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोरिनोलाई जिताएका थिए । जितसँगै पाँच खेलबाट नौ अंक बनाएको टोरिनो पाँचौं स्थानमा छ । समान खेलबाट ६ अंक बनाएको मिलान १०औं स्थानमा छ । शीर्ष स्थानमा रहेको इन्टर मिलानको १५ अंक छ । दोस्रो स्थानमा रहेको युभेन्ट्सको १३ अंक छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप