आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र शाहीमाथिको आक्रमण पञ्चायती शैलीको झल्को : अशोक राई

आइतबार, १२ असोज २०७६, १३ : ३३
आइतबार, १२ असोज २०७६

बुटवल । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणले पञ्चायती शैलीको झल्लो दिएको बताएका छन् ।

आइतबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै नेता राईले सो आक्रमणले आफूमाथि पञ्चायतमा भएको आक्रमणको सम्झना गराएको बताए । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ‘अरिंगाल’हरु नियन्त्रण नगर्न नसके त्यसले लोकतन्त्रमा असर पार्ने चेतावनी समेत दिए । 

भ्रष्टाचार र घुसखोरी वर्तमान सरकारका पालामा बढेको आरोप लगाउँदै उनले यसको न्यूनीकरण नभए जनता निरास भएर सडकमा उत्रिन सक्ने चेतावानी दिए । 

उनले पार्टी सरकारमा रहेको भएपनि सरकारका गलत कार्यको विरोध गर्न आफूहरुलाई कुनै नैतिक संकट नभएको पनि बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप