एक बिगाह क्षेत्रफलमा लगाएको गाँजा नष्ट
आइतबार, १२ असोज २०७६, १६ : ५२
सिरहा– ईलाका प्रहरी कार्यालय गोलबजारले करिब एक विगाहा क्षेत्रफलमा लगाइएको गाँजा उखेलेर नष्ट गरेको छ । सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले विशेष सुराकीको आधारमा सिरहा गोलबजार नगरपालिका–७ कदिमाटोलमा लागाइएको पाँच हजार गाँजाका विरुवा नष्ट गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजा लगाउने वेलैमा उखेल्ने अभियान अन्तर्गत सानै हुँदा उखेलेको ईलाका प्रमुख इन्सपेक्टर जनक पुरीले बताए । नेपालमा एक किलो गाँजाको १ देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हनेगरेको बताइन्छ । भारतीय बजारमा भने २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरेको छ ।
नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयलाई अग्रिम रकम दिने गरेका छन् ।