१० हजार घुससहित एक जना पक्राउ
मङ्गलबार, १४ असोज २०७६, २२ : ०९
काठमाडौं । नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारीलाई अख्तियारले पक्राउ गरेको छ ।
जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग
अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घुसबापतको १० हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई पोखरा महानगरपालिका वडा नं ९ स्थित बुद्ध चोक नजिकैबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।