आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वराजा ज्ञानेन्द्र शाहले उपत्यकाका १० वटा शक्तिपीठहरुको दर्शन गर्ने

बुधबार, १५ असोज २०७६, १६ : १०
बुधबार, १५ असोज २०७६

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले बडादशैंको अवसरमा महाअष्टमीको दिन उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने भएका छन् । पूर्वराजा शाहले महाअष्टमीको दिन अपरान्ह उपत्यकाका १० वटा शक्ति पीठहरुमा दर्शन गर्ने भएका हुन् ।

उनले नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।   शाहले विजयादशमीको दिन अपरान्ह ४ बजेपछि दशैको टीका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप