ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा
बुधबार, १५ असोज २०७६, १६ : ४८
काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले लमजुङको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १, नवलपुर मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४८ पुगेको छ ।