बाराको फेटामा एउटा खाल्डोमा ५ जनाको शव भेटियो, घटना रहस्यमय
बिहीबार, १६ असोज २०७६, ०० : १२
बारा-बाराको फेटा गाउँपालिका–४ मा अवस्थित एउटा घरभित्र रहेको पानीको खाल्डोमा ५ जनाको शव भेटिएको छ । फेटाको बतारास्थित खाली घरभित्र रहेको अन्दाजी ६ फिट गहिरो पानीको खाल्डोमा ५ जनाको शव भेटिएको हो।
५ जना मानिसहरु कसरी पानीको खाल्डोमा डुबे भन्ने विषय रहस्यमय भएको छ । खाल्डोमा भेटिएका शवको सनाखत हुन सकेको छैन ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोली पुगेको छ । घटनाबार थप अनुसन्धान सुरु भएको जनाइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।