आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वरिष्ठ नेता खनाल र अमेरिकी राजदूतबीच भेट

शुक्रबार, १७ असोज २०७६, १६ : ००
शुक्रबार, १७ असोज २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि अमेरिकन  राजदूत रेड्डी बेरीले शिष्टाचार भेटवार्ता गरेकाछन् ।

खनाल निवास डल्लुमा भएको भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाल र अमेरिका बीचको मैत्रीपूर्ण सम्बन्ध अझ विकास होस् भन्ने कामना गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

अमेरिकाका राजदूतले नेपाललाई अमेरिकाले सहयोग जारी गर्न चाहेको र खासगरी देशमा स्थायित्व स्थापना भएकाले अमेरिकाको सहयोगलाई विस्तार गर्न तयार भएको जनाए ।

भेटमा खनालका विदेश मामिला सहयोगी मिलन तुलाधरको पनि उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप