आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नारायणी नदीमा महिलाको शव भेटियो

शुक्रबार, १७ असोज २०७६, १९ : ४८
शुक्रबार, १७ असोज २०७६

चितवन – नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । नदीको गैँडाकोटतर्फको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । 

बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१५ कि ५५ वर्षीया देवी भट्टराईको शव फेला परेको हो ।  आज बिहान नदी किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव नारायणी नदीको पुलबाट करीब एक किलोमिटर दक्षिणमा भेटिएको प्रहरीले जनाएको छ ।

शवको मुचुल्का उठाएर स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको प्रहरी निरीक्षक कार्कीले बताए । नवलपुरको गैँडाकोट नगरपालिका–१ मा उहाँको छोरीज्वाइँ बस्ने भए पनि बाराबाट गैँडाकोट आएकोबारे कसैलाई जानकारी नभएको उनले बताए ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट भट्टराईले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । भट्टराईले बोक्नुभएको झोला नारायणीको पुलमुनि किनारमा भेटिएपछि प्रहरीले परिवारलाई घटनाको बारेमा जानकारी गराएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप