चाडपर्वहरुलाई मौलिक र मितव्ययीका साथ मनाउन आग्रह
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महान् पर्व बडादसैँको शुभकामना दिएकी छिन् ।
प्रमुख दाहालद्वारा समस्त नेपालीहरुको महान पर्व विजया दशमीको शुभअवसरमा समस्त भरतपुर महानगरपालिकावासी बुवाआमा, दाजुभाई, दिदीबहिनीलगायत स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ ।
प्रमुख दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा यस वर्षको आउँदै गरेको चाडपर्वले समृद्ध महानगरको सपनालाई साकार पारोस् भनी कामना गरिएको छ । आउँदै गरेको शुभ दिपावली, छठ तथा नेपाल सम्वतको समेत हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रा यी पर्वहरुले समस्त नेपालीहरुमा सकारात्मक सोचका साथ आपसी भाइचारा, सद्भाव र एकता कायम गर्दै दीगो र आत्मनिर्भर विकासको पक्षमा एकढिक्का भएर लाग्ने प्रेरणा प्रदान गरुन् भन्ने अपेक्षासमेत गरिएको छ ।
विज्ञप्तिमा ‘हाम्रा चाडपर्वहरुलाई मौलिक र मितव्ययीका साथ उल्लासमय बनाउन सबैलाई आग्रह गर्दै मध्य नेपालको सुन्दर शहर समृद्ध र सुसंस्कृत भरतपुर भन्ने सोचलाई सार्थक पार्न महानगरको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु’ भनिएको छ ।