घर जान नपाएका कर्मचारी र सुरक्षाकर्मीसँग दसैँ मनाए प्रदेश २ का सभामुखले
मङ्गलबार, २१ असोज २०७६, १२ : ३६
जनकपुर । हिन्दू धर्मावलम्बीहरुको महान् चाड वडादसैँ मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ ।
प्रदेश नम्बर २ का सभामुख सरोजकुमार यादवले घर जान नपाएका मर्यादापालक तथा सुरक्षाकर्मीलाई आफ्नो निवासमा टीका तथा जमरा लगाएर दसैँ मनाएका छन् ।
सभामुख यादवले काम र कर्तव्यको कारण मर्यादापालक तथा प्रहरीहरु दसैँ मनाउन घर जान नसकेकाले आफूले नै टीका जमरा लगाएर दसैँ मनाएको बताए ।