सिन्धुपाल्चोक बस दुर्घटना : धुलिखेल अस्पतालमा ५ जना मृत्तकको सनाखत
शुक्रबार, २४ असोज २०७६, १३ : ५४
१
काभ्रे– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटनामा घाइतेमध्ये उपचारका क्रममा ५ जनाको ज्यान गएको छ ।
दुर्घटनापछि काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि पुर्याइएका जुनादेवी लम्साल, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमित पुर्कुतिको मृत्यु भएको हो ।
योसँगै बस दुर्घटनामा ज्यान जानेको संख्या ११ पुगेको छ । जसमध्ये ५ घट्नास्थलमा र एक जनाको उपचारका लागि ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।
मृत्यु भएका बाँकी ६ जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।