अष्ट्रेलियाका लागि नेपाली राजदूतमा दाहाल, स्पेनका लागि शेर्पा
मङ्गलबार, २८ असोज २०७६, १८ : ४१
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई आज नियुक्त गरेकी हुन् ।
त्यस्तै राष्ट्रपति भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा दावाफुटी शेर्पालाई नियुक्त गरेकी छिन् ।