यी सुपरमोडल हुन् संसारकै सुन्दर महिला
ग्रीक गणितका अनुसार सुपरमोडल बेला हदिद संसारकै सबैभन्दा सुन्दर महिला हुन् । मिडिया रिपोर्टलाई मान्ने हो भने ‘गोल्डेन रेसियो अफ ब्यूटी फि स्ट्यान्डर्ड’ का अनुसार धर्तीको सबैभन्दा सुन्दर महिलाको निर्धारण गर्ने वैज्ञानिकले भिक्टोरियाज सिक्रेट मोडलको अनुहार चयन गरेको छ ।
‘गोल्डेन रेसियो अफ ब्यूटी फी’ ले क्लासिक ग्रीक क्यालकुलेशनलाई आधार बनाएर सुन्दरतालाई परिभाषित गर्छ । यसमा सुन्दर अनुहारको आकार गणना गरिन्छ जसमा ओठ, नाक, चिउँडो र जलाइनको आकार र स्थितीको मूल्यांकन गर्छ ।
‘गोल्डेन रेशियो’ मापदण्ड अनुसार २३ वर्षीया बेलाको अनुहार मापदण्डसँग ९४.३५ प्रतिशतसम्म मिल्छ ।
यस्तै यही मापदण्डका अनुसार पप डिभा बियोन्सेलाई दोस्रो स्थानमा राखिएको छ । उनको अनुहार मापदण्डसँग ९२.४४ प्रतिशतसम्म मेल खान्छ ।
नायिका अम्बर हर्ड ९१.८५ प्रतिशतको अनुपातसहित तेस्रो स्थानमा छिने भने पप स्टार एरियाना ग्रान्डे ९१.८१ प्रतिशतसहित चौथो स्थानमा छिन् ।
यस्तै, ९१.६४ प्रतिशतसहित टेलर स्विफ्ट पाँचौ स्थानमा छिन् ।
यो मापदण्ड लोकप्रिय फेशियल कस्मेटिक सर्जन डा. जुलियन डी सिल्वाद्वारा गरिएको हो ।