घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ
बिहीबार, ३० असोज २०७६, १६ : ५७
काठमाडौं–महोत्तरीमा घुससहित एक प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।
सीमाक्षेत्रमा पर्ने कठुधार प्रहरीचौकीका इन्चार्ज बृजेश कुमार चौधरीलाई १३ हजार घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।
भारतीय बजारबाट ल्याएको सामान सीमाक्षेत्रमा पास गराइदिने भन्दै व्यापरीसँग १३ हजार रुपैँया घुस मागेको उजुरीको आधारमा बर्दिबासस्थित आयोगबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग आयोगको बर्दिबास कार्यालयले जनाएको छ ।