मुक्तिनाथ विकास बैंक र नेपाल रेमिट बीच सहकार्य
आइतबार, ०३ कात्तिक २०७६, १४ : १९
काठमाडौं– मुक्तिनाथ विकास बैंक र नेपाल रेमिट बीच सम्झौता भएको छ ।
उक्त सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र नेपाल रेमिटका तर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरे ।
यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा बैंकको छ ।