तिहार गीत ‘मखमली’ सार्वजनिक
बुधबार, ०६ कात्तिक २०७६, १४ : ३९
काठमाडौं– नेपालीहरुको महान चाड तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ सार्वजनिक भएको छ । प्रभावन जेको शब्द, संगीत रहेको गीतमा स्वर उनको अलवा सरोज लामिछाने र सपना गुरुङले दिएक छन् ।
गीतको म्युजिक भिडियोमा भने कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल र विवेक चौलागाईको अभिनय छ । प्रभावन जे स्वयंको निर्देशन रहेको भिडियोमा छायाँकन ज्ञानेन्द्र शर्माको छ ।