आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्सनलको रोचक जित

शुक्रबार, ०८ कात्तिक २०७६, ०८ : ३९
शुक्रबार, ०८ कात्तिक २०७६

इङ्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा रोचक जित निकालेको छ । समूह ‘एफ’ अन्तर्गत घरेलु मैदानमा बिहिबार राति भएको खेलमा आर्सनलले पोर्चुगिज क्लब भिटोरिया डे गुईमारेसलाई ३–२ गोलले हरायो । आर्सनलको जितमा निकोलस पेपेले र गाब्रियल मार्टिनेलीले एक गोल गरे । भिटोरियाका लागि मार्कुस इडवार्ड र ब्रुनो डुअरटेले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भिटोरियाले लिएको थियो । आठौं मिनेटमा मार्कुसले गोल गर्दै भिटोरियालाई अगाडी बढाए । ३२औं मिनेटमा आर्सनलका गाब्रियलले बराबरी गोल फर्काए । ३६औं मिनेटमा ब्रुनोले गोल गर्दै भिटोरियालाई पुनः अग्रता दिलाए । पहिलो हाफमा पछि परेको आर्सनलले दोस्रो हाफमा दुई गोल गरेको थियो । पेपेले ८०औं र इन्जुरी समयमा लगातार दुई गोल गर्दै आर्सनलको जित पक्का बनाए ।

जितसँगै तीन खेलबाट नौ अंक बनाएको आर्सनल समूहको शीर्ष स्थानमा छ । अंकविहिन भिटोरिया अन्तिममा छ । यही समूहको अर्को खेलमा फ्रान्कफर्टले स्टान्डर्ड लिगलाई २–१ गोलले हराएको छ । दोस्रो स्थानमा रहेको फ्रान्कफर्टको ६ अंक छ । तीन अंक बनाएको स्टान्डर्ड लिग तेस्रो स्थानमा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप