आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक घोषणा गर्दै

आइतबार, १० कात्तिक २०७६, १९ : ०३
आइतबार, १० कात्तिक २०७६

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक ऐतिहासिक घोषणा गर्ने भएका छन् । ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको घोषणाको बारेमा जानकारी दिएको छ तर के र कस्तो प्रकारको घोषणा गरिने भनेको छैन। राष्ट्रपति ट्रम्पले आइतवार बिहान अमेरिकी समय अनुसार ९ बजे ऐतिहासिक घोषणा गर्ने बीबीसीले जनाएको छ ।

अमेरिकी सेनाले इस्लामिक स्टेट समूहको बिरूद्ध चलाएको अपरेसनमार्फत सो समूहका उच्च नेता अबु बकर अल बगदादी मारिएको समाचार बाहिरिएको २४ घण्टा नवित्दै राष्ट्रपति ट्रम्पले एउटा ऐतिहासिक घोषणा गर्न लाग्नुभएको अनुमान गरिएको छ ।

बग्दादी मारिएको खबर आउँदा नआउँदै राष्ट्रपति ट्रम्पले पनि लगत्तै ट्वीट गरेका थिए ।  र उनले भनेका थिए, ‘अहिले केही ठूलो कुरा भएको छ।’ ट्रम्पले अमेरिकी समय अनुसार शनिबार १० बजेर ३० मिनेट जाँदा ट्वीट गरेका थिए।

अमेरिकी मिडियाका अनुसार ट्रम्पले सिरियाको इडलीब प्रान्तमा अबु बकर अल बग्दादीलाई लक्षित गरेर अपरेशन गर्न त्यहाँ तैनाथ सेनालाई अनुमति दिएका थिए। धेरै अन्तर्राष्ट्रिय मिडियाहरुले अमेरिकन र सिरियन अधिकारीहरूको हवाला दिँदै  अमेरिकी सेनाले उत्तर पश्चिमी सिरियाको इदलिब प्रान्तमा चरमपन्थी नेताको हत्या गरेको दाबी गरिरहेका छन् । 

कुर्दिशहरुको नेतृत्व गरिरहेका सिरियन डेमोक्रेटिक फोर्सेज (एसडीएफ) का कमाण्डर मज्लूम अब्दीले भने,‘ अमेरिकासँगको संयुक्त अभियानले एक ऐतिहासिक सफलता प्राप्त भएको छ ।’ त्यस्तै एक अमेरिकी अधिकारीले रोयटर समाचार एजेन्सीलाई प्रतिक्रिया दिँदै  यो अभियान सफल भएको दाबी गरेका छन् । यद्यपि, ती अधिकारीले बग्दादीको हत्या भएको कुरालाई भने पुष्टि गरेका छैनन् ।

सिरियाको मानवअधिकार पर्यवेक्षक समूह र युकेको एक निगरानी समूहका अनुसार सिरियाको इदलिब प्रान्तको गाउँ नजिकै हेलिकप्टरले गरेको गोलीबारीमा नौ जना मारिएका छन्, जहाँ इस्लामिक स्टेटको एउटा समूह उपस्थित थियो।

न्युजविक पत्रिकाले अमेरिकी सैनिक स्रोतलाई उदृत गर्दै आईएस नेताको मृत्यु भएको दाबी गरेको छ तर अहिलेसम्म आधिकारिक पुष्टि प्राप्त भएको छैन। यसभन्दा पहिले पनि बग्दादीको मृत्युको खबर धेरैचोटि आइसकेको छ।

बीबीसीका सुरक्षा प्रतिनिधि फ्रान्क गार्डनरका अनुसार बग्दादीको मृत्युको खबर पहिलोपटक मात्र आएको होइन। यद्यपि, यस यो साता अमेरिकी अधिकारीहरूले निर्धक्क साथ भनेका थिएकि एक निर्णायक अभियानमार्फत बग्दादीविरुद्ध अप्रेसन चलिरहेको छ । त्यसैले पनि अप्रेशनमा बग्दादी परेको हुनसक्ने अनुमान गरिएको छ ।

सीएनएनको रिपोर्टअनुसार अमेरिकी सेनाले बग्दादीका बिरूद्ध पनि सफलतापूर्वक अपरेसन चलाएको छ । सीएनएनको रिपोर्टका अनुसार अमेरिकी खुफिया एजेन्सी (सीआईए)ले बगदादीको स्थान पत्ता लगाइसकेको थियो। त्यसैले पनि उसले बग्दादी विरुद्धको अभियानमा सफलता प्राप्त गरेको छ ।  

ह्वाइट हाउसका प्रेस विभाग हेरिरहेका होगन गुइडलेले आइतबार राष्ट्रपति ट्रम्पले गर्ने ऐहिातसिक घोषषा अमेरिकाको विदेश नीतिसँग जोडिएर आउँदैछ । अमेरिकाका विदेश नीति विश् आतंकवादका विरुद्ध लक्षित छ ।  वगदादी मारिएको भन्ने विषयमा भने अमेरिकी सेनाको कुनै विज्ञप्ति आइसकेको छैन ।  बग्दादी पाँच बर्षदेखि भूमिगत थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप