आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बग्दादी मारिएको पुष्टि, भने, ‘अमेरिकी सेनाले ठूलो सफलता हात पारेको छ ।’

आइतबार, १० कात्तिक २०७६, १९ : ५१
आइतबार, १० कात्तिक २०७६

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक स्टेट समूहका उच्च नेता अबु बकर अल बग्दादी मारिएको पुष्टि गरेका छन् । आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी उनले सो घोषणा गरेका हुन् । 
आइतबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अमेरिकी सेनाले सिरियामा भएको एउटा अपरेसनमा बग्दादीलाई मारेका छन् ।’

पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अबु बकर अल बगदादी मरे। उनी इस्लामिक स्टेटका संस्थापक थिए। यो विश्वको सबैभन्दा हिंसात्मक र क्रूर संगठन हो। अमेरिकाले बगदादीलाई धेरै वर्षदेखि खोजिरहेको थियो।’
ट्रम्पले भने,‘बगदादीलाई जिउँदै पक्रन वा मार्नु मेरो सरकारको पहिलो राष्ट्रिय सुरक्षा प्राथमिकता हो। अमेरिकी सेनाका विशेष सेनाहरूले रातमा उत्तर पश्चिम सिरियामा बहादुरी र खतरनाक अपरेशन गरेर यो ठूलो सफलता हासिल गरेका छन् ।’

शनिबार मात्र राष्ष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत एउटा ठूलो सफलता हात लागेको संकेत गरेका थिए । उनले ट्वीटरमार्फत भनेका थिए, ‘आज केही ठूलो कुरा भएको छ।’ उनको यो संकेतलाई विश्वभरका सञ्चारमाध्यामहरुले पछ्याएका थिए र बग्दादीको मृत्यु भएको समाचार प्रशारण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप