चन्द्रागिरी डाँडाबाट देखिएको झिलिमिली काठमाडौँ
आइतबार, १० कात्तिक २०७६, २१ : ४२
१
हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड भनिने तिहारमा आइतबार धुमधामका साथ लक्ष्मीपूजा गरिँदैछ । धनकी देवी भनेर चिनिने लक्ष्मीको पूजा गर्दा धरलाई फूल र बत्तीले झिलिमिली पारेर सजाइन्छ । यो दिन अन्य दिनभन्दा राजधानी काठमाडौँ उज्यालो बन्ने गर्छ ।
अझ कुनै बेला लोडसेडिङले अन्धकार बन्ने राजधानीलाई तत्कालिन उर्जामन्त्री जर्नादन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो बनाइदिएपछि तिहारको रौनक थप बढेको छ ।
यतिबेला काठमाडौँ उपत्यकका नजिकैका डाँडा पुग्ने हो उज्यालो काठमाडौँ झिलिमिली बनेको मनमोहक दृश्य हेर्न पाइन्छ ।
फोटोपत्रकार सुवास श्रेष्ठ चन्द्र्रागिरी पुगेर उज्यालो राजधानीलाई आफ्नो क्यामारामा कैद गरेका छन् ।
हेरौँ तस्विरहरु :