पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभाको हातबाट लगाए टीका
मङ्गलबार, १२ कात्तिक २०७६, १२ : ४०
काठमाडौं–पूर्व राजा ज्ञानेन्द्र विरबिक्रम शाहले आफ्नी बहिनीको हातबाट तिहारको टिका लगाएका छन् ।
शाहले मंगलबार १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।
उनले भाईटीकाको शुभसाइत ११ बजेर ५५ मिनेटमा भएपनि त्यसअघि नै टीका लगाएका थिए ।
पूर्वराजा शाह टीका लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुगेका थिए ।