आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास
आइतबार, १७ कात्तिक २०७६, ०६ : ३१
नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादनगर्न प्रक्रिया अघि बढाएको छ ।
एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ ।
निगमले पहिलो चरणमा झापा र जनकपुरमा भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण गर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।