आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लज्जास्पद हारपछि बायर्नका म्यानेजर बर्खास्त

सोमबार, १८ कात्तिक २०७६, ०७ : ४४
सोमबार, १८ कात्तिक २०७६

जर्मन क्लब बायर्न म्युनिखले निको कोभाचलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ ।

शनिबार जर्मन च्याम्पियनले फ्राङ्कफर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेपछि कोभाच बर्खास्तीमा परेका हुन् । यो सिजन बुन्डेस लिगाका १० खेलमा बायर्नको दोस्रो पराजय थियो ।

पराजयसँगै बायर्न लिगको चौथो स्थानमा सिमित भएको छ भने शीर्ष स्थानमा रहेको बोरुसिया मोचेनग्लाडब्याचभन्दा चार अंकले पछि परेको छ ।

४८ वर्षीय क्रोएसियाका पूर्व मिडिफिल्डरले सन् २०१८ को जुलाईदेखि क्लबको नेतृत्व सम्हालेका थिए । गत सिजन उनले बायर्नलाई लिग र कप डबल जिताएका थिए ।

आफ्नो नेतृत्वमा बायर्नलाई ६५ मध्ये ४५ खेलमा जीत दिलाए पनि शनिबारको पराजय बायर्नको लिगमा १० वर्ष यताकै सबैभन्दा ठूलो अन्तरको पराजय थियो ।

नयाँ म्यानेजर नियुक्त नभएसम्म सहायक प्रशिक्षक हान्सी फ्लीकले क्बलको नेतृत्व सम्हाल्नेछन् । बायर्नले बुधबार च्याम्पियन्स लिगमा ओलम्पियाकोसको सामना गर्नेछ भने शनिबार बोरुसिया डर्टमण्डसँग भिड्ने छ ।

कोभाचको बहारिगमनसँगै जोसे मोरिन्हो, माउरिसो पोचेटिन्हो र मासिमिलानो एलेग्रीको नाम क्लबसँग जोडिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप