भुवन केसी अब भिलेन
मङ्गलबार, १९ कात्तिक २०७६, १२ : ०१
काठमाडौं । सदावहार अभिनेता भुवन केसीलाई भिलेनको रुपमा पनि देख्न पाइने भएको छ । कार्तिकको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’ मा उनी भिलेनको रुपमा देखिन लागेका हुन् ।
फिल्ममा भूवन बाबु र छोरा दुबै भूमिकामा देखिँदैछन् । दर्शकले ‘मिस्टर नेपाली’मा आफूलाई नायक नभएर खलनायकको रुपमा पाउने भुवनले बताए । ‘मेरो भिलेन रुप दर्शकका लागि नौलो स्वाद हुनेछ,’ उनले थपे ।
देव भुषालको निर्देशन रहेको फिल्ममा भूवनको अलवा साहिल श्रेष्ठ र कुसुम राउतको समेत मुख्य भूमिका छ ।
कमेडी, प्रेम र देशप्रेमको विषय यठाएको यो फिल्म प्रेमराज दाहालले निर्माण गरेका हुन् ।