बहिरा कलाकार श्रद्धा भुसालको ‘बैनी झ्यालैमा’ सार्वजनिक
मङ्गलबार, २६ कात्तिक २०७६, १२ : ३६
काठमाडौँ । बहिरा कलाकार श्रद्धा भुसाल अभिनित गीत ‘बैनी झ्यालैमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रकाश दुतराजको स्वर, शब्द, संगीत रहेको छ ।
प्रकाशकै निर्देशन रहेको गीतको भिडियोमा श्रद्धाका अलवा बहिरा कलाकार सुजल बम, दीप सागरको समेत अभिनय रहेको छ ।
करण चैसिरको छायाँकन रहेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन छ ।