तस्बिरमा हेर्नुहोस् ‘बैंकिङ, बीमा र पूँजी बजार’ प्रर्दशनी
आइतबार, ०१ मङ्सिर २०७६, १७ : ४६
काठमाडौँ । काठमाडौंमा ‘बैंकिङ, बीमा र पूँजी बजार प्रदर्शनी’ सुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डलमा आइतबारबाट २ दिने सो प्रदर्शनी सुरु भएको हो । प्रर्दशनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सो प्रदर्शनीबाट लाभ लिन सबै उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे ।
बैंक तथा वित्तीय संस्थाका सबै जानकारीहरु एकैथलोमा पाउने भएकाले यसबाट उद्योगी व्यवसायीहरुले ठूलो लाभ लिन सक्ने उनको भनाइ छ । गभर्नर नेपालले आर्थिक गतिविधि अघि बढाउन आयोजना गरिएको त्यस्ता प्रदर्शनीहरुमा कम सहभागिता भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुप्रति पनि असन्तुष्टि व्यक्त गरे ।
प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तिय संस्थाहरुको स्टल राखिएका छन् । गभर्नर नेपालले सो प्रदर्शनीको सदुपयोग गरेर पूँजी बजार र विमाबारे आवश्यक जानकारी लिन पनि सबै पक्षलाई सचेत गराए ।