बार्सिलोनाको कठिन जित
शनिबार, ०७ मङ्सिर २०७६, २० : १५
एजेन्सी । स्पेनिस महारथि बार्सिलोनाले ला लिगामा कठिन जित हात पारेको छ । शनिबार साँझ भएको खेलमा साविक विजेता बार्सिलोनाले रेलिगेसनको मारमा रहेको लेगानेसलाई उसैको मैदानमा २–१ गोलले हरायो ।
खेलमा सुरुवाती अग्रता लेगानेसले लिएको थियो । १२औं मिनेटमा युसुफ इन नेशरीले गोलगर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा दबाबमा देखिएको बार्सिलोना दोस्रो हाफका खेलमा फर्किएको थियो । बार्सिलोनाका लागि लुइस स्वारेजले ५३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि अतुर्रो भिडालले ७९आंै मिनेटमा गोल गर्दै बार्सिलोनालाई जिताएका थिए । जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १३ खेलबाट २८ अंक बनाएको छ । ६ अंक बनाएको लेगानेस तालिकाको अन्तिममा छ ।