सिद्धार्थ बैंकको नयाँ शाखा हेम्जामा
सोमबार, ०९ मङ्सिर २०७६, १९ : २९
कास्की– सिद्धार्थ बैंकले २०७६ मंसिर ९ गते सोमबार कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुयाउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।