आइएमईको डबलको डबलको डबल बिजेता बने बिरेन्द्र खान
बिहीबार, १२ मङ्सिर २०७६, १५ : १९
काठमाडौं– आइएमई डबलको डबलको डबल बम्पर उपहार योजनाअन्तर्गतको बिजेता बनेका छन् खात्वी बिरेन्द्र खान ।
खानले अअफुले पठाएको रकमको आठ गुणा रकम पाएका छन् । ५९ हजार ७ सय ३२ रुपैयाँ आइएमई मार्फत मलेसियामाबाट नेपाल पठाएका खानले उक्त रकमको आठ गुणा अर्थात ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ जितेका छन् ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आइएमईले लक्की ड्रबाट बम्पर बिजेता घोषणा गरेको हो । आइएमईका अध्यक्ष चन्द्र ढकाल र ब्रान्ड एम्बासडर दिपकराज गिरीले कम्प्युटराईज मार्फत लक्की ड्र गरेका हुन् ।
कम्पनीले नेपालीहरुको ठुला चाड दशैं, तिहार र छठको अबसरमा यो योजना चलाएको थियो । योजना भाद्र १५ देखि कार्तिक मसान्तसम्म ७७ दिनका लागि लागू भएको थियो ।