१० दिन बन्द हुँदै भरतपुर विमानस्थल, बुद्धले सिमरा उडान थप्ने
बिहीबार, १२ मङ्सिर २०७६, १७ : १२
काठमाडौं– भरतपुर विमानस्थल १० दिनका लागि बन्द हुने भएको छ ।
यही मंसिर १५ गते देखि २४ गतेसम्म विमानस्थल बन्द हुने भएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार विमानस्थलको रनवे मर्मत गर्न लागिएकाले १० दिनको लागि सम्पूर्ण उडान बन्द गर्न लागिएको हो ।
मंसिर १५ देखि २४ गतेसम्म कुनै पनि उडान नहुने जानकारी प्राधिकरणले दिएको छ ।
भरतपुर विमानस्थल बन्द रहने समयमा बुद्ध एयरले भने काठमाडौं सिमरा उडान थप्ने बताएको छ । यात्रुहरु मर्कामा नपरुन भनेर भरतपुरबाट नजिक रहेको सिमरामा आफ्नो उडान थप्ने बुद्धले जनाएको छ ।