आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ब्राजिलका एक लाख ३५ हजार नागरिक आफैलाई एचआइभी भएको बिषयमा पनि अनविज्ञ

शनिबार, १४ मङ्सिर २०७६, १७ : १०
शनिबार, १४ मङ्सिर २०७६

रियो दी जेनेरियो ।  ब्राजिलका झण्डै एक लाख ३५ हजार नागरिक आफुलाई एचआईभी भएको पनि अनविज्ञ भएको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार एचआईभी एड्ससम्वन्धी जनचेतनामुलक चलाउने क्रममा यस्तो तथ्य फेला परेको हो ।
 
मन्त्रालयले विश्व एड्स दिवसको अवसर पारेर आइतबारदेखि चेतनामुलक विषेश अभियान सुरु गर्न लागेको छ ।

देशव्यापी अभियानका क्रममा एचआईभीबाट बच्ने र लागिसकेकाहरुले उपचार गर्ने, परीक्षण गर्ने, सतर्कता अप्नाउनेलगायतका विषयमा जनेचतना जगाइने भएको छ ।

मन्त्रालयका अनुसार ब्राजिलमा सन् १९८० देखि अहिलेसम्म नौ लाख ६६ हजार ५८ जनामा एचआईभी संक्रमण भएको विवरण दर्ता भएको छ ।

एचआईभी पोजेटिभ भएकाहरुलाई उपचार गराउन मन्त्रालयले आह्वान गरेको छ । उनीहरुले नियमित उपचार गराएमा जीवन सामान्य हुने मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।  

‘प्रारम्भिक चरणमै उपचार तथा निदानको प्रक्रिया सुरु गर्नु निकै महत्वपूर्ण हुन्छ,’ एक चिकित्सकले भने । 

ब्राजिलमा सन् २०१४ देखि २०१८सम्ममा एड्स प्रभावितहरुको संख्यामा १३।६ प्रतिशतले घटेको छ भने मृत्यु हुनेको संख्या पनि २२।८ प्रतिशतले घटेको विभिन्न अध्ययनले देखाएको छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप