प्रदेश ५ मा राजपाको स्थानीय सत्ता लालपुरमा !
बुटवल । पाँच नम्बर प्रदेशमा राजपा नेपालको स्थानीय सत्ता कपिलबस्तुको लालपुरमा स्थापना भएको छ ।
यस अघिको स्थानीय निर्वाचन बहिस्कार गरेको राजपा नेपालले उपनिर्वाचनलाई सदुपयोग गर्दे कपिलबस्तुको शिवराज नगरपालिका १० लालपुरमा आफ्नो स्थानीय सत्ता कायम गरेको हो ।
राजपाको उम्मेदवार मन्जु मिश्रले जीत हासिल गरेसँगै राजपाको स्थानीय सत्ता कायम भएको राजपा केन्द्रीय सदस्य राजेन्द्र गुप्ताले रातोपाटीलाई बताए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रुपमा वडाध्यक्ष बनेकी शकुन्तला भारतीको निधनपछि रिक्त स्थानमा राजपाले चुनाव जितेको हो ।
पाँच नम्बर प्रदेशका अन्य ठाँउमा राजपा नेपालले उम्मेदार नउठाई लालपुरमा केन्द्रीत भएको थियो ।
राजपाले उपनिर्वाचनमा कपिबस्तुको लालपुरसहित ३ बटा वडामा जितेको छ ।सप्तरीको छिन्नमाता गाउँपालिका वडानम्बर ३ र महोत्तरीको मटिहानी ६ मा पनि राजपाले जितेको छ ।