भलिबलमा भारतले जित्यो स्वर्ण, पाकिस्तान पराजित
मङ्गलबार, १७ मङ्सिर २०७६, १४ : ५९
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा पुरुष भलिबलतर्फ भारत विजयी हुँदै स्वर्ण पदक जित्न सफल भएको छ ।
दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो । हारसँगै पाकिस्तान रजत पदकमा सिमित बन्यो ।
पहिलो सेटमा पाकिस्तान २०–२५ को सेटमा अग्रता बनायो । त्यसपछि भारतले २५–१५, २५–१७ र २९–२७ को अग्रता बनायो र भारत ३–१ को सोटमा विजयी भयो ।