घाइते लिएर काठमाडौँ आइपुग्यो सेनाको हेलिकप्टर
मङ्गलबार, १७ मङ्सिर २०७६, १५ : ३५
बागलुङको बुर्तिवाङमा भएको जिप दुर्घटनाका घाइतेलाई बोकेर नेपाली सेनाको हेलिकप्टर काठमाडौँ फर्किएको छ । मंगलबार अपरान्ह २ः३५ मा घाइतेलाई बोकेर सेनाको हेलिकप्टर बुर्तिवाङबाट काठमाडौँका लागि उडेको थियो ।
गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपूजाका लागि बागलुङको निसिखोला जाँदै गरेको जिप दुर्घटनामा परेका घाइतेहरुलाई लिनका लागि पूर्वमन्त्री गोकर्ण विष्टसमेत बुर्तिवाङ पुगेका थिए ।
नेपाली सेनाको हेलिकप्टर लिएर पूर्वमन्त्री विष्ट मङ्गलबार अपरान्ह २ः१० बजे बागलुङको बुर्तिवाङ पुगेका हुन् ।
दुर्घटनामा घाइते भएकाहरुलाई बोकेर पूर्वमन्त्री विष्टसहितको टोली काठमाडौँ फर्केको छ । घाइतेहरुलाई काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको हो ।
दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।