बसले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गयो
बुधबार, १८ मङ्सिर २०७६, १३ : १९
बुधवार दिउँसो दाङको पचाहमा बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ ।
गढवा गाउँपालिका २ पचाहस्थित भित्री सडकमा कालाकाटेदेखि गढवातर्फ आउँदै गरेको ना २ ख ७५११ नम्वरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० बर्षीय आत्माराम चौधरीको ज्यान गएको हो ।
बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।