प्रहरी सहायक निरीक्षक घुससहित समातिए
बिहीबार, १९ मङ्सिर २०७६, १८ : ०८
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु ७ हजार घुससहित एक प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सीआरभी केशलियामार्ग विराटनगर, मोरङमा कार्यरत श्यामकुमार दाहाल रहेका छन् ।
खाद्य सामग्रीहरु ओसारपोसारमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई विराटनगर महानगरपालिका वडा नं ६ घाँसचोकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।