आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुद्रा अपचलन गरेको आरोपमा जिम्बाबेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ

मङ्गलबार, ०१ पुस २०७६, १८ : २४
मङ्गलबार, ०१ पुस २०७६

हरारे । मुद्रा अपचलन गरेको आरोपमा जिम्बाबेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ परेकी छिन् ।   उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेङगाकी श्रीमतीलाई पक्राउ गरिएको जिम्बाबेको भ्रष्टाचार विरुद्धको आयोगका अधिकारीले सोमबार पुष्टि गरेका छन् । 

आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई शनिबार नै पक्राउ गरिएको जानकारी दिए । मुबैवालाई सार्वजनिक कोषको रकमलाई आफ्नो बनाएसम्वन्धी ६ ओटा, मुद्रा अपचलनसम्वन्धी पाँच ओटा र जालसाझीसम्वन्धी एउटा मुद्दा लगाइएको पनि उनले बताए । सिन्ह्वा/Photo: hararelive.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप