आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् २०२० मा बलिउडमा हुने ५ ठुला भिडन्त

मङ्गलबार, ०१ पुस २०७६, १९ : १०
मङ्गलबार, ०१ पुस २०७६

मुम्बई । वर्ष २०१९ विदा हुने अन्तिम पहरमा छ । त्यसैले सबै नयाँ वर्षको स्वागतमा जुटिसकेका छन् । बलिउडमा पनि नयाँ बर्षको स्वागत गर्ने तयारी धुमधामका साथ भइरहेको छ । वर्ष २०२० मा बक्स अफिसमा कयौं बहुप्रतिक्षित फिल्म रिलिज हुँदैछ । ती फिल्म मध्ये केही फिल्म एक अर्काेसँग समेत भिड्ने छन् । वर्ष २०२० मा भिड्ने तयारीमा रहेका बलिउडका १० फिल्म ।

‘छपाक’ भर्सेज ‘तानजी’
नयाँ बर्ष अर्थात २०२०मा सबैभन्दा पहिले १० जनवरीमा दुई नयाँ फिल्म ‘छपाक’ र ‘तानजी’ भिँड्दै छन् । ‘छपाक’ दीपिका पादुकोणको मुख्य भूमिका रहेको फिल्म हो भने र ‘तानजी’ मा अजय देवगन मुख्य भूमिकामा छन् । दुबै फिल्मको बक्सअफिसमा ठुलै टक्कर हुने देखिएको छ ।

‘मलंग’ भर्सेज ‘लव आजकल’ 

२०२० मा भ्यालेन्टाइनको् अवसर पारेर फिल्म ‘लव आजकल’ र ‘मलंग’ रिलिज हुँदैछ ।  ‘लव आजकल’ सारा अलि खान र कार्तिक आर्यनको मुख्य भूमिका रहेको फिल्म हो भने ‘मलंग’मा आदित्य राय कपुर र दिशा पटानीको मुख्य भूमिका देख्न सकिन्छ । दुबै फिल्म अहिले चर्चामा छ । 

‘पंगा’ भर्सेज ‘स्ट्रीट डान्सर –३’

एक्लै फिल्म चलाउन सक्ने अभिनेत्री कंगना रानावत अभिनित फिल्म ‘पंग’ फिल्म ‘स्ट्रीट डान्सर’सँग भिड्दै छ । ‘स्ट्रीट डान्सर’ बरुण धवनको मुख्य भुमिका रहेको फिल्म हो । 

‘द हान्टेड शिप’ भर्सेज ‘शुभ मंगल ज्यादा सावधान’

२०१९ मा  बेष्ट अभिनेताको अवार्ड बिजेता आयुष्मान खुराना र बिक्की कौशलका फिल्म २०२०मा एक अर्काेसँग भिड्ने छ । बलिउडका हिट मेशिन आयुष्मानको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ बिक्की कौशलको पहिलो हान्टपार्ट वन अर्थात द हान्टेड शिपसँग भिँड्दै छ । 

‘राधे’ भसेर्ज ‘लक्ष्मी बम’  

राधे र लक्ष्मी बम फिल्मको भिडन्त वर्ष २०२०को सबैभन्दा ठुलो भिडन्त हुनसक्छ । ‘राधे’ सलमान खानको फिल्म हो भने ‘लक्ष्मी बम’ अक्षयकुमार अभिनित प्रतिक्षित फिल्म हो । २०२०को ईदको अवसरमा दुबै फिल्म रिलिज हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप