आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरीका २४ एसपीको सरुवा (हेर्नुस् नामावलीसहित)

शुक्रबार, ०४ पुस २०७६, १६ : ५०
शुक्रबार, ०४ पुस २०७६

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २४ जना  प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा गरेको छ। सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तलाई पठाइएको छ भने धनुषामा रमेशकुमार बस्नेतको सरुवा भएको छ। आकर्षक जिल्ला झापामा भने कृष्ण कोइरालालाई पठाइएको छ।

त्यस्तै, कञ्चनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ भने रविराज खड्काको रौतहटमा सरुवा भएको छ। मकवानपुरमा सुशीलसिंह राठौरको सरुवा भएको छ भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ।  चितवनका दानबहादुर मल्लको विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप