चिसोमा राज्यमन्त्रीको न्यानो अभियान
सोमबार, ०७ पुस २०७६, १८ : १७
सिरहा । प्रदेश नम्बर २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जाडोबाट प्रभावितहरुका लागि ‘न्यानो पारौं’ अभियान शुरु गरेका छन् । अभियानको शुरुवात गर्दै राज्यमन्त्री मण्डलले पीडितलाई दाउरा वितरण गर्न प्रदेशका सम्पूर्ण डिभिजन बन कार्यालयका अधिकारीलाई निर्देशन र्दिका छन् ।
मन्त्री मन्डल सिरहाको विभिन्न ठाउँमा पुगेर आफैँले पनि दाउरा बितरणमा सहयोग पुर्याएका छन् । पैदलयात्री तथा गरिब बिपन्न परिवारलाई मध्यनजर गर्दै यस्तो अभियान चलाइएको उनले बताए । केही दिनदेखिको शीतलहरका कारण चिसो बढ्दा मधेसको जनजीवन कष्टकर बन्दै गएको छ ।