आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको ‘नयाँ वर्षमा डबल सौगात’ अफर

सोमबार, १४ पुस २०७६, १६ : २६
सोमबार, १४ पुस २०७६

काठमाडौं– सानिमा बैंक लिमिटेडले नयाँ वर्ष २०२० को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । 

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । 

साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् । यस योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पौष १५ देखि १७, २०७६) सम्मका लागि लागू गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप