विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ
बिहीबार, १७ पुस २०७६, १४ : ४६
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट सुनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार फ्लाइ दुबईको उडानमार्फत काठमाडौँ आएका भारतीय नागरिकको साथबाट एक किलो सुन बरामद भएको हो । चेकजाँचका क्रममा उनले सुन लुकाएर ल्याएको फेला परेपछि नियन्त्रणमा लिइएको विमानस्थल प्रहरी कार्यालयका एसएसपी रामकृपाल साहले जानकारी दिए ।
सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रहरीले जनाएको छ ।