अस्ट्रेलियामा नदीमा डुबेर २ जना नेपालीको मृत्यु
शनिबार, १९ पुस २०७६, १५ : ५६
काठमाडौं । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित नदीमा डुबेर जना नेपालीको मृत्यु भएको छ । स्थानीय विद्यार्थी दिपेश प्रसाईका अनुसार काठमाडौंका रोशन छत्कुली र विशाल सेढाँईको मृत्यु भएको हो ।
एक जनाको जिवितै उद्दार गरिएको छ । न्यु साउथ वेल्स प्रहरीका अनुसार अप्ठेरो अवस्थामा स्वास लिँदै गर्दा प्रहरीको टोलीले एक जनाको उद्दार गरेको थियो ।
उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । उपचाररतको नाम खुलेको छैन ।