आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वर्षौँदेखि अभियान चलाएपनि विषादी आयातमा कमी आएन

सोमबार, २१ पुस २०७६, १६ : ३१
सोमबार, २१ पुस २०७६

काठमाडौँ–सरकारले विगत सात वर्षयता वर्षेनी विषादीमुक्त सप्ताह मनाउँदै आएको छ तर विषादी आयात र त्यसको प्रयोगमा भने कमी आउन सकेको छैन । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रत्येक वर्ष विषादी मुक्त सप्ताह अभियानकै रुपमा मनाउँदै आएपनि विषादी आयात प्रयोगको मात्र घटनुको सट्टा बढी रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका निमित्त प्रमुख सहदेव हुमागाईले सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बताए । गत वर्षको तथ्यांक हेर्दा नेपालमा ६३२.४१ टन विषादी आयात भएको देखिन्छ । जसमा कीटनाशक २१६ टन, रोगनाशक २६८ टन, झारनासक १४२ टन र अन्य पाँच टन आयात भएको देखिन्छ ।

त्यसका लागि करिब ८४ करोड रुपैयाँ गत वर्ष खर्च भएको देखिन्छ । केन्द्रका प्रमुख हुमागाईले सबै पक्षको सहयोगबाट मात्रै विषादी प्रयोग घटाउन सकिने बताए । 

अन्य देशको तुलनामा नेपालमा कम विषादी प्रयोग हुने गरेको उनले दावी गरे । नेपालमा प्रतिहेक्टर ३९६ ग्राम खास विष प्रयोग हुने गरेको छ तर ८५ प्रतिशत भन्दा बढी विषादी तरकारीबालीमा मात्र प्रयोग हुने गरेको उनले बताए । 

विश्वमा हरेक वर्ष ४ करोड मानिसमा विषादीले प्रत्यक्ष्य–अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ । 

विश्वमा विषादीकै कारणले वार्षिक करिक ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको एक तथ्यांकले देखएको छ । सन् १९८४ मा भारतको भोपालमा विषादी चुहावटको कारणबाट भएको असरले २० हजार मानवीय क्षति तथा पाँच लाख भन्दा बढी घाइते भएको घटनाको स्मरण गर्दै सन् १९९८ देखि पेस्टीसाइड एक्सन नेटवर्क (पान इन्टरनेशनल) ले डिसेम्बर ३ लाई विषादी प्रयोग मुक्त दिनको रुपमा विश्वव्यापी रुपमा मनाउन थालेको थियो । 

विषादीबाट हुने असरलाई अभियानको रुपमा अगाडि ल्याउन सन् २०१० देखि सप्ताव्यापी रुपमा मनाउँदै आएपनि नेपालले सन् २०१३ देखि सप्ताहव्यापी रुपमा मनाउँदै आएको छ ।

 यसपटक नेपालमा ‘घातक विषादीको प्रयोग हटाऔंः जैविक विविधताको संरक्षण गरौं’ भन्ने मुलनारा तय गरिएको छ भने यसपटकको कार्यक्रमलाई चितवन केन्द्रीत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप