आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेटलाइफको काठमाडौँको रवि भवनमा नयाँ एजेन्सी कार्यालय

बिहीबार, २४ पुस २०७६, १८ : २९
बिहीबार, २४ पुस २०७६

काठमाडौं– मेटलाइफले यो साता प्रदेश नं. ३ अन्तर्गत काठमाडौँको रवि भवनमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो संचालन विस्तार गरेको छ । 

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उद्घाटन गरे । यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३१ र काठमाडौँ भित्र मात्रै १० वटा कार्यालयले पुग्ने भएको छ ।

यसरी भएको विस्तारले काठमाडौँको कलंकी तथा कालीमाटी क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ । 

यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप