आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विनय मोहन नेपालका लागि नयाँ भारतीय राजदूत

मङ्गलबार, २९ पुस २०७६, १६ : ०२
मङ्गलबार, २९ पुस २०७६

काठमाडौँ । नेपालका लागि नयाँ भारतीय राजदूतमा विनय मोहन क्वात्रा नियुक्त भएका छन् । भारतको मन्त्रीपरिषद्को बैठकले क्वात्रालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

भारतीय विदेश मन्त्रालयका अनुसार विनयलाई नेपालका लागि नयाँ राजदूतम नियुक्त गरिएको छ । विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन् । 

गत डिसेम्बरमा कार्यकाल पूरा गरी स्वदेश फर्किएका भारतीय राजदूत मञ्जिभसिंह पुरीको जिम्मेवारी विनयलाई दिइएको हो । 

३० वर्ष भारतीय विदेश सेवामा कार्यरत विनयले प्रधानमन्त्रीको कार्यालयमा सहसचिवका रुपमा तथा विदेश मन्त्रालयमा नीति योजना तथा अनुसन्धान महाशाखामा समेत काम गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप