युनाइटेड एफए कपको चौथो चरणमा
बिहीबार, ०२ माघ २०७६, ०९ : ५७
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको रिप्ले खेलमा बुधबार राति उल्भ्सलाई १–० गोलले हराउँदै युनाइटेड चौथो चरणमा प्रवेश गरेको हो ।
यसअघि दुवै टोलीको खेल बराबरीमा सकिएका कारण पुनः रिप्ले खेलाईएको हो ।
युनाईटेडको जितमा जुआन माटाले ६७औ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलमा उल्भ्सका पेड्रो नेटोले सुरुवाती गोल गरेपनि भिएआरको सहायतामा मान्यता पाएन ।
अर्को खेलमा कार्डिफ सिटीले कार्लिसले युनाइटेडलाई ४–३ गोलले हराउँदै चौथो चरणमा स्थान बनायो ।